काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमा नै करिब १५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ५ः०७ बजेसम्ममा ५ लाख ८१ हजार ४९८ जना आवेदकबाट ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको ७२ लाख ६५ हजार ४६० कित्ता शेयर माग भएकाे हाे ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको १४.८९ गुणाले बढी हो । ।
कम्पनीले माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते सम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २६,१०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ४,८७,९०० कित्ता सर्वसाधारण नेपालीलाई निष्काशन गरिएको छ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५,२२० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यो कम्पनीमा पनि शेयरमा पनि माग भन्दा धेरै गुणा आवेदन पर्ने निश्चित छ केबल दश कित्ता आवेदन दिए पुग्ने देखिन्छ । यो कम्पनीको अवस्था राम्रो रहेको हुँदा आइपीओ पर्नेहरुले प्रति कित्ता १ हजार भन्दा धेरै मूल्य पाउन सक्ने अनुमान गर्न सकिन्छ ।