नेप्सेमा पहिरो जान रोकिएन,किन एकोहोरो घटिरहेको छ बजार ?

काठमाडौं - साताको द्रोसो साथै कारोबारको पहिलो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।  यो सँगै समग्र बजार २३५८ बिन्दुमा आएको छ । 

नेप्से सँगै कारोबार रकम पनि निकै घटेको छ । आज २ अर्ब ४६ करोड माथिको कारोबार भएको छ । आज २३१ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४३ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । 

विनाकारण बजार घटेसँगै नयाँ लगानीकर्ताहरु निकै आत्तिएको विश्लेषकको भनाइ छ । 

प्रतिक्रिया