काठमाण्डौ । सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७।१८ अंकले बढेको हो ।
आज २२० कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ भने एक अर्व ८४ करोडको शेयर खरिद विक्री भएको छ । ५० भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नविल बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।