प्रति शेयर मूल्य १६ सय रहेको चन्द्रागिरी कम्पनी यो वर्ष पनि घाटामा

काठमाण्डौ - कुनै दिन प्रति शेयर मूल्य २८ सय माथि पुगेको चन्द्रागिरी हिल्सको यो वर्ष पनि घाटा बढेको छ । 

कम्पनीले भर्खर प्रशासित गरेको विवरणमा घाटा बढेको देखाएको छ । विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुबै घटेको छ। 

कम्पनीले सो अवधिसम्ममा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १० करोड ६६ लाख रुपैयाँ थियो। 

कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी बढ्न पुगेको हो। मार्च महिनामा कम भएको कोभिड १९ को प्रभाव अघिल्लो त्रैमासमा कम्पनीले आर्थिक सुचकमा केही सकारात्मक सुधारहरु महसुस गर्दै गर्दा एकाएक बढ्न गएको महामारीले पुनः नकारात्मक सुचकांकको सामना गर्नु परेको कम्पनीले जनाएको छ। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा झरेको छ।

प्रतिक्रिया