अभियान लघुवित्तले आईपीको निष्कासन गर्ने


काठमाडौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला फेरी अर्को नयाँ कम्पनीको आईपीओ आउने भएको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । अभियान लघुवित्तले संस्थाको दोश्रो वार्षिक साधारणसभाले  सर्वसाधारणका लागि आईपीओ  जारी गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । 


आईपीओ  जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्थाले अहिले रेटिङको काम गराइ रहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँपुग्ने छ ।  काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउँने संस्थाको तयारी छ ।

प्रतिक्रिया