देशको आर्थिक अबस्था – व्यापारमा सुधार, मुद्रास्फीतिमा नियन्त्रण

काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको तथ्यांक अनुसार देशको आर्थिक तथा वित्तीय अवस्था अघिल्ला वर्षको तुलनामा सुधारतर्फ उन्मुख देखिएको छ। मुद्रास्फीति घटेको, निर्यात र विप्रेषणमा उल्लेखनीय वृद्धि भएको देखिन्छ भने विदेशी मुद्रा सञ्चिति बलियो रहेको छ।

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति हाल ३.३९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ७.४१ प्रतिशतको तुलनामा उल्लेखनीय गिरावट हो। यो उपभोक्ताका लागि सकारात्मक संकेत मानिएको छ।

आयात १२.२ प्रतिशतले बढेको छ भने निर्यात ६५.२ प्रतिशतले उकालो लागेको छ, जुन पछिल्ला वर्षको नकारात्मक वृद्धिदरसँग तुलना गर्दा सुधारको संकेत हो। साथै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले तथा अमेरिकी डलरमा ७३ प्रतिशतले वृद्धि भएको छ।

शोधनान्तर स्थिति पनि सुदृढ रहँदै गएको देखिन्छ। हालसम्म ३४६ अर्ब २३ करोड रुपैयाँ बराबरको शोधनान्तर बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ।

सरकारी राजस्व ८३१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ९९८ अर्ब ५२ करोड रुपैयाँ भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले ५.७ प्रतिशत निक्षेप वृद्धि गरेका छन् भने निजी क्षेत्रलाई प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको विस्तृत प्रतिवेदनले समग्र आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ गइरहेका देखाए पनि सावधानी अपनाउनुपर्ने बुँदाहरू पनि औंल्याएको छ, विशेष गरी आयातमा पुनः वृद्धि, व्यापार घाटा तथा राजस्व–व्ययको असन्तुलनका क्षेत्रमा।

 
सूचक २०७९/८० २०८०/८१ २०८१/८२ (९ महिना) वृद्धि/घटावट (%)
मुद्रास्फीति (वार्षिक बिन्दुगत) ७.९४% ७.४१% ३.३९% -4.02 (घटावट)
आयात वृद्धि -16.2% -16.1% 12.2% +
निर्यात वृद्धि -21.4% -21.2% 65.2% +
विप्रेषण (रु.) +24.8% +25.2% +100% तीव्र वृद्धि
विप्रेषण (US $) - - +73% -
शोधनान्तर स्थिति - - रु. ३४६.२३ अर्ब बचत -
विदेशी मुद्रा सञ्चिति (US $) १३.८ अर्ब - १७.६३ अर्ब +३.८३ अर्ब (वृद्धि)
सरकारी खर्च - - रु. ९९८.५२ अर्ब -
राजस्व संकलन - - रु. ८३१.४० अर्ब -
विस्तृत मुद्राप्रदाय वृद्धि ११.६% - ६.२% घटावट
निक्षेप वृद्धि ११.५% - ५.७% घटावट
निजी क्षेत्र कर्जा वृद्धि ८.३% - ७.१% झिनो घटावट

 

प्रतिक्रिया