माघ महिनाको पहिलो कारोबार दिन - प्रिओपन सेसनमा आक्रामक बढ्यो नेप्से

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से १५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७३ विन्दुमा पुगेको छ । गत हप्ता विहिबार पनि नेप्से ५४ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो । 

आज ४० कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ लाख भन्दा धेरैको खरिद विक्री भएको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ भने एक दर्जन कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । 

आज यो सेसनमा निफ्राको सबै भन्दा धेरै कारोबार भएको छ भने अधिकांस बैंकहरुको शेयर मूल्यमा उछाल आएको छ । 

प्रतिक्रिया