काठमाडौं । सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा नेपाल प्रहरीले मधेस प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये धनुषामा सबैभन्दा धेरै १९ जना रहेका छन्। त्यस्तै सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।