टी–२० सुपर सिक्समा नेपालको रोमाञ्चक जीत

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले यूएईमाथि १ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

१४१ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो । अलिशान सराफूले ५८ रन र ध्रुव पराशरले ३८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा दीपेन्द्र ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए । उनले ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतकको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए भने कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेले २० रन जोडेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय