काठमाण्डौ । बुधवार प्रिओपन सेसनमा नेप्से करिव दश अंकले बढेर समग्र बजार २४२५ विन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा २९ कम्पनीहरुको करिव १८ लाख हाराहारीको शेयर खरिद विक्री भएको छ भने किनबेच भएका मध्य २५ कम्पनीहरुको शेयर मूल्य बढेको छ । त्यस्तै १ कम्पनीको मात्र शेयर मूल्य ओरालो लाग्दा बाँकी कम्पनीको शेयर मुल्य यथावत रहेको छ ।
निरन्तर ओरालो लागेको शेयर बजार तरलता अभाव केहि साम्य हुने आशामा बढ्न सुरु गरेको कतिपयको बझुाई छ । करिव ४ महिना अघि ३२ हाराहारीमा रहेको बजार एकाएक ओरालो लागेको थियो ।