राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच उनलाई नयाँ गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा दिएका हुन् भन्ने स्रोतको दाबी छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ भट्टको नाममा सहमति बनेको जनाइएको छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिले भट्टसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय