काठमाण्डौ । आइतबार आक्रामक बढेर सोमबार सामान्य घटेको बजार आज मंगलबार भने दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ ।
आज बजार मापक सूचक नेप्से करिव २० अङ्कले बढेर समग्र बजार २८९१ विन्दुमा पुगेको छ । दिनै भरिमा २२३ कम्पनीहरूको ५ अर्ब ५७ करोड भन्दा धेरैको शेयर खरिद बिक्री हुँदा एक सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट समेत लागेको छ ।
जीवन बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा अधिकांश उपसूचकमा हरियाली छाएको छ । नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार हुँदा ६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।