हजुर छुट्नु होला नी - एनएमबि सरल बचत फण्डमा आवेदन दिन आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईको आज आवेदन दिने अन्तिम दिन रहेको छ । 


क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरेको हो। त्यसैगरी, कूल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

एनएमबि क्यापिटलका अनुसार भदौ २० अर्थात आइतबार साँझसम्ममा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको २ करोड ५० लाख इकाईको १।८६ गुणा भन्दा बढी हो।

 

प्रतिक्रिया