नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।


एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाएका हुन । 

स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् ।  चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया