काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।०६ प्रतिशतले वृद्धि हो। गत आवको पहिलो ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
आयातसँगै नेपालको निर्यातमा पनि वृद्धि देखिएको छ। चालु आवको ६ महिनासम्ममा निर्यात ३१।७८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा निर्यात ७४ अर्ब ९६ करोड रुपैयाँ मात्र थियो।
यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ९।२५ प्रतिशतले वृद्धि भएको हो। गत आवमा कुल वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ थियो।
तर, नेपालको व्यापार घाटा भने अझै बढ्दो क्रममा छ। पुस महिनासम्ममा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४।३८ प्रतिशत बढी हो। गत वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ थियो।