काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्त व्यवस्थापनका लागि छुट्टाछुट्टै रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत छुट्याइएको छ । वित्त व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
यसअघि चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा बढाइएको हो ।