आज पनि दोहोरो अङ्कले घटेर शेयर बजार बन्द,टेलिकमको शेयर मूल्य धेरै अङ्कले घट्दा नेप्सेलाई दवाव

काठमाण्डौ । यो साताको लागि अन्तिम कारोबार दिन बुधबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । आज नेप्से मात्र घटेको छैन यस अघिका केही दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । 

नेप्से करिव २० अङ्कले घटेर २६३१ विन्दुमा आएको छ भने कारोबार रकम २ अर्ब ५७ करोडमाथि पुगेको छ । आज कारोबार भएका २३१ कम्पनीहरूमा ४९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने धेरै जसो कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से घट्नुमा नेपाल टेलिकमको शेयर मूल्य घट्नुलाई प्रमुख कारणको रुपमा लिइएको छ । यो कम्पनीको प्रति कित्ता शेयर मूल्य ५८ रुपैयाँले घटेको छ । 

एनटिसीको सबै भन्दा धेरै कारोबार हुँदा इमर्जिङ नेपालको शेयर मूल्यमा सर्किट लागेको छ । आज नेप्सेका अधिकांश उपसूचकमा रातो पोतिएको छ भने बीमा समूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कायमै रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय