तिहारको टिका मै शेयर बजार,तस्बिर बन्यो भाइरल

काठमाडौं - तिहारको बेला समेत शेयर बजारको चर्चा निकै चलिरहेको छ । कतिले लक्ष्मी पूजाको दिन आफ्नो portfolio पूजा गरेको तस्बिर सार्बजनिक गरेर चर्चामा आएका छन् भने कतिले शेयर बजार तिहारको टीकामा उतारेर चर्चामा आएका छन् । 

यसै बीच एक लगानीकर्ताले आफ्नो निधारमा बढ्दो क्रममा रहेको बजारको संकेत गर्ने तिहारको टिका लगाएर तस्बिर सार्बजनिक गरेका छन् । 

बजार प्रति देखाएको उनको भावनालाई धेरैले प्रशंसा गर्दै सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहेका छन् । 

नेपालको शेयर बजार अहिले बढ्दो क्रममा रहेको छ जसले लगानीकर्तालाई उत्साहित बनाएको छ ।  तस्बिर भने एक लगानीकर्ता सुबास भट्टराईको रहेको बुझिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय