बैतडीमा जीप भीरमा खस्दा तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ स्थित साँडीघाँटीमा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ। डडेल्धुरा जाँदै गरेको बोलेरो जीप सडकबाट भीरमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

मोतिनगरबाट डडेल्धुरातर्फ गइरहेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तीनैजना पुरुष हुन्।

मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। जीपमा कति जना सवार थिए भन्ने विवरण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय