काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आमनिर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्।
तोब्गेले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै लामिछाने र शाहले ठूलो मतान्तरसहित विजय हासिल गरेकोमा शुभकामना व्यक्त गरेका हुन्। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिएका छन्।
उनले नेपाल र भुटानबीचको न्यानो मित्रतालाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजान सहकार्यको अपेक्षा गरेको उल्लेख गरेका छन्।