काठमाडौ - काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा कांग्रेसका गगन थापाको अग्रता कायमै रहेको छ । १९३०४ मतगणना गर्दा थापाले ८ हजार ७८८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६६३ मत पाएका छन् ।
राप्रपका ठाकुरमोहन श्रेष्ठले ११७५ मत पाएका छन् भने स्वतन्त्रका अर्चनशम्शेर राणाले ३५६ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र (खुकुरी क्रस) का अर्जुैनकुमार प्रसाईले ९३९ मत ल्याएका छन् ।