काठमाण्डौ । नेपालमा शेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेशसँगै चासो र चर्चा निकै चुलिएको छ ।
यसै विच भोली हरितालिका तीजको अवसरमा नेप्से खुल्छ कि खुल्दैन भन्ने धेरैको चासो रहेको छ । हाम्रा पाठकहरुले समेत यो विषयमा हामीलाई जिज्ञाशा राख्नु भएको थियो । यसै जिज्ञाशालाई मेट्न हामीले नेप्सेमा सम्पर्क गरेका थियों ।
नेप्सेका प्रवक्त मुराहरी पराजुलीले भोलि पनि बजार खुल्ने जानकारी दिनु भयो । उहाँले सामान्य अबस्थामा बजार खुल्ने जानकारी आर्थिक सन्देशलाई दिनु भयो । भोली विहिबार नेप्से साताको अन्तिम दिन पनि खुल्ला रहने छ ।