बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ ।
संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
त्यो वस्तु बम भएरनभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।