वाणिज्य बैंकहरुले असोज महिनादेखि लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्। यस महिनामा अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। औसतमा असोज महिनाको लागि ब्याजदर ६.३८ प्रतिशत रहेको छ, जुन भदौको ६.५३ प्रतिशत भन्दा ०.१५ प्रतिशत कम हो।
९ वटा वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन् भने आठ बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंक र कृषि विकास बैंकले भने असोज महिनामा ब्याजदर बढाएका छन्।
एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन्।
यस महिनामा ब्याजदर स्थिर राख्ने बैंकहरुमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंक रहेका छन्।