साल्ट ट्रेडिङ कर्पोरेसनले बोनस सेयर दिने

काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कर्पोरेसनले ५५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते गर्ने भएको छ सभाले विषेश प्रस्तावतर्फ गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

जसबाट कर्पोरेसनले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सामान्य प्रस्तावतर्फ सभाले आर्थिक वर्ष २०७७÷७८ को संचालक समितिको प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरुमा छलफल गरी स्वीकृत गर्नेछ । 


आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा सभाको छ। सभाले संचालक नियुक्ति पनि अनुमोदन गर्ने उल्लेख छ। 


साधारणसभा प्रयोजनका लागि कर्पोरेसनले चैत १५ गते देखि चैत ३० गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहेने जानकारी दिएको छ । जसअनुसार चैत १४ गतेसम्म कायम सेयरधनीहरु मात्र  कर्पोरेसनको ५५ औं वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया