काठमाडौं — आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ह्याम्स अस्पतालमा स्वास्थ्य सेवा लिँदा विशेष छुटको सुविधा प्राप्त गर्न सक्ने भएका छन्। आईएमई लाइफ र ह्याम्स अस्पताल लिमिटेडबीच भएको आपसी समझदारी अनुसार अब बीमितले उपचारमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन्।
यस सुविधाको लाभ उठाउन बीमितले कम्पनीको IME LIFE Mobile App मा रहेको बीमा पोलिसी देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।
कम्पनीले यो सहकार्यले व्यवसायिक सम्बन्ध थप सुदृढ हुनुका साथै आफ्ना बीमित, अभिकर्ता र कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिएको छ। साथै, भविष्यमा सेवा सुविधा अझ सहज बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गर्ने तयारी गरिरहेको जनाएको छ।