• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य ,
  • मुख्य खबर

भोलिदेखि जोर बिजोर हट्दै,यस्तो छ २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण खासै कमी नआए पनि भोलि देखि जोर बिजोर हट्दै छ । 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४९९ को पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७७ मा कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृतक संख्या ९ हजार २४८ पुगेको छ ।

यस्तै गत २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

पछिल्लो समय मुलुकभर २५ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् भने ३१७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया