काठमाडौं - यो हप्ता लगातार घटेको बजारमा अन्तिम दिन बिहीबार प्रि ओपन सेसन भने समान्य अंकले बढेको छ ।
यो सेसनमा २ अंकले बढेर समग्र बजार २७७८ बिन्दुमा पुगेको छ । आज १४ कम्पनीहरूको ३२ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएका छन् भने कारोबार भएका मध्य ७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ साथै बाकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।
बम्पर बोनस घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार हुँदा ४ कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।