प्रभु बैंकका ग्राहकका लागि होटल यार्शामा विशेष छुट

प्रभु बैंक लिमिटेड र जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट अफरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा विशेष छुट पाउने भएका छन्।

बैंकले जारी गरेको सूचनाका अनुसार यस सहकार्य अन्तर्गत होटल कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्रदान गरिनेछ। बैंकले यो अफर शान्त, सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो।

सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिने जिरी नगर शुद्ध हावा, शीतल मौसम र हरियाली प्राकृतिक वातावरणका लागि परिचित छ। यो गन्तव्य पदयात्रा प्रेमी, पारिवारिक घुमघाम गर्नेहरू तथा शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकहरूका लागि आदर्श मानिन्छ।

प्रभु बैंक र होटल यार्शाको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय