विनो चौधरीका भाइ अरुण चौधरी पक्राउ

काठमाडौँ । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप उनीमाथि छ ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।

प्रतिक्रिया