प्रधानमन्त्रीलाई थापाको आग्रह – ‘मन्त्रीलाई बर्खास्त गर्नुस्’

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले घुस काण्डसँग सम्बन्धित अडियो सार्वजनिक भइसकेपछि मन्त्री गुप्ताले स्वेच्छाले राजीनामा दिएर निष्पक्ष छानबिनको मार्ग खोल्नुपर्नेमा त्यस्तो नगरेको भन्दै प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताए।

उनले भने, "गल्ती नै नगरेको भन्ने आत्मविश्वास पनि छैन, फेरि 'लतारेर लिएर जान्छु' जस्तो भाषा प्रयोग गरेको सुनेपछि प्रधानमन्त्रीबाट तुरुन्त कारबाहीको अपेक्षा गरेको थिएँ। तर यस्तो अवस्था आएपछि म कार्यक्रममार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छु, मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्।"

महामन्त्री थापाले कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने भएकाले दोषी प्रमाणित हुने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे। उनले पार्टीको नाममा छुट दिन नहुने बताए। साथै, संविधान संशोधनको सन्दर्भमा न्यायपालिकाको पुनःसंरचना आवश्यक रहेको टिप्पणी पनि गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय