स्थानीय तहको निक्षेप फिर्ता हुँदा बैंकको सिडी रेसियोमा असर

काठमान्डौ - सरकारले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाएसँगै त्यसको असर सिडी रेसियोमा देखिन थालेको छ। 

बैंकहरूले स्थानीय तहमा जाने बजेटको ६०% सम्म रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो। यसको फाइदा स्वरूप बैंकहरूले करोडौं रुपैयाँ आफ्नो लगानी योग्य निक्षेपमा गणना गर्दै आएका थिए। 

८० प्रतिशतको हाराहारीमा रहेको सिडिओ रेसियो यसैको असरले गर्दा 2% हाराहारी बढ्न सक्ने बैंकको अनुमान छ। 

अब बैंकहरूले ९७ अर्ब ११ करोड ५८ लाख निक्षेप मार्फत रहेको रकम घटाउनुपर्ने हुन्छ। जसले गर्दा सिडी रेसियो ८१.३० सम्म पुग्ने आकलन छ। 

बैंकहरूको ६२ खर्बभन्दा बढी रुपैयाँको निक्षेपसँग सङ्कलन यो व्यवस्थासँगै घटेर ६१ खर्ब ७ अर्बमा झरेको छ। 

बैंकहरूले ७३ करोडदेखि २४ अर्बसम्म स्थानीय तहको बजेटलाई निक्षेपमा संकलन गरेका थिए। 

प्रतिक्रिया