राष्ट्रपति पौडेलद्वारा संसद्को अधिवेशन वैशाख १२ गतेका लागि आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी वैशाख १२ गते शुक्रबारका दिनदेखि सुरु हुने गरी आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दिउँसो १ बजेबाट सुरु हुने बैठकका लागि अधिवेशन बोलाएका हुन्।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अब प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन तय मितिबाट सुरु हुने भएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय