काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शेयर बजारमा चलखेल हुने गरेको बताएका छन् ।
शेयरबजार घटबढ भइरहँदा आफूमाथि गाली आएपछि आफूले शेयरबजारसम्बन्धी अध्ययन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । वित्तीय साक्षरतासम्बन्धी गरेको भियान कार्यक्रममा आफूले गरेको अध्धयनले नै इनसाइडर ट्रेडिङ हुने गरेको देखिएको उनले बताए।
(इन्साइडर ट्रेडिङ भनेको सेयरबजारमा गरिने गलत अभ्यास हो । यसमा कुनै कम्पनीको सार्वजनिक गर्न नमिल्ने सूचनामा पहुँच पुर्याइ व्यक्तिले सेयरबजारमा चलखेल गर्छन्। यस्तो व्यक्तिले त्यही सूचनाको आधारमा आफ्नो सेयर किनबेचको निर्णय लिन्छन्। )
त्यस्तै प्रविधिको कमजोरी भएको समेत आफूले थाहा पाएको मन्त्री शर्माले उल्लेख गरे। त्यसपछि आफूले संस्थागत सुधारको प्रयत्न गरेको उनको दाबी छ ।
नेप्से र धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई समेत सुधारको प्रतिबद्धता गराएको बताउँदै उनले अब सेयरबजारमा खेलबाड हुन नदिने उल्लेख गरे।
हालसम्म ५२ लाख लगानीकर्ताहरुले डिम्याट खाता खोलेको देखिएको छ। दैनिक ३ अर्ब कारबाही हुने गरेको छ । यस्तो संस्थालाई कसरी लगानीकर्ताको लगानी सुरक्षित गर्ने, उनीहरुलाई कसरी सही शिक्षा दिने र बढीभन्दा बढी प्रतिफल पाउन विभिन्न औजार प्रयोग गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ।