राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने


काठमाडौं–पुँजी बजारमा जलविद्युत कम्पनीहरुको शेयर चम्किरहेका बेला जलविद्युत् कम्पनीहरुले पनि एकपछि अर्को धमाधम आइपीओ निष्कासन गरिरहेका छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । सेबोनबाट अनुमति पाए पछि आइपीओ निष्कासन गर्ने बोर्डको योजना छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्काशन गर्नका लागि सेबोनमा आवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया