शेयर बजारमा पहिरो,नेप्समै लाग्यो सर्किट कारोबार बन्द

काठमाण्डौ -  साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५।०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ।

सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

प्रतिक्रिया