काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
सोमबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको जानकारी दिइएको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ६० डलर मूल्यवृद्धि गरिएको छ।