बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा जम्मा १ हजार ४ सय जनाले दिए आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रबारसम्म १ हजार ४२२ जना आवेदकले २४ लाख ७ हजार कित्ता शेयरका लागि २४ करोड ७० लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात हुने १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

ग्रामीण भेग भएको हुँदा आवेदन निकै कम परेको हो । संकलन केन्द्र काम हुँदा सोचे अनुरूप आवेदन नआएको बिक्री प्रबन्धकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय