वीरगञ्जमा निषेधाज्ञा हट्यो, शान्ति सुरक्षा सामान्य

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा जारी निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाएको छ।

जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले शान्ति सुरक्षाको अवस्था सामान्य भएको ठहर गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) अनुसार वैशाख १ गतेदेखि लागू गरिएको निषेधाज्ञा आजबाट हटाइएको निर्णय सार्वजनिक गरेको छ।

गत शनिबार हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई पक्षबीच झडप भएपछि वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया