काठमाडौं । लगातारको वर्षासँगै यात्रामा उच्च जोखिम देखिएकाले सरकारले काठमाडौं उपत्यकामा ३ दिनसम्म सवारीसाधन भित्रिने र निस्कने आवागमनमा रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षाका कारण राजमार्गमा देखिएको जोखिमका बीच उपत्यका भित्रिने र बाहिरिने सम्पूर्ण मार्ग पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ ।