राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, बैंकहरूलाई प्रस्ताव गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४ करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने तयारी गरेको हो। वाणिज्य बैंकहरूका लागि ३ अर्ब २३ करोड ८५ लाख, विकास बैंकहरूका लागि ६० करोड ७१ लाख र वित्त कम्पनीहरूका लागि २० करोड २३ लाख रुपैयाँ छुट्याइएको छ।

आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले मंसिर २० गते राति १२ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। बैंकले तोकेका शर्तहरूमा न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कर्जा कुल कर्जाको पाँच प्रतिशतभन्दा कम रहेको र अन्य आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख छ।

राष्ट्र बैंकले प्रस्ताव पेस गर्दा लिने ब्याजदर समेत उल्लेख गर्न आग्रह गरेकोछ।

 

प्रतिक्रिया