काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रसुवासहित विभिन्न जिल्लामा गरी १७७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पतालमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।