काठमाडौंका चार वडाको नतिजा आउन बाँकीनै हुँदा बालेनको अग्रता कायमै

काठमाडौंँ - काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

यहाँ अहिले १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया