काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ ।
२० अङ्कले घटेको बजारमा २ अर्बमाथिको शेयर खरिद बिक्री भएको छ । २२६ कम्पनीहरूको शेयर किनबेच भएकोमा ३० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै बाँकी कम्पनीहरूको शेयर मूल्य भने घटेको छ ।
एनआईसी एसिया बैंकको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा नेप्सेका अधिकांश उपसूचकमा रातो पोतिएको छ । आज नेप्सेका अन्य सूचक पनि प्रभावित भएका छन । प्राय धेरै बुधबार बजार घटेपछि लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन । जानकारहरूका अनुसार भने बुधबार नाफा सुरक्षा गर्दा बजारमा सेल्स प्रेसर आएको बताउँछन ।