शेयर कर्जामा राष्ट्र बैंक पछि नहट्ने संकेत


काठमाडौ–मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले  गरेको कडाईको कारण शेयर बजार ओरालो लाग्यो । शेयर लगानीकर्ता निरास भए । शेयर धितो कजार्जको सीमा घटाउन दबाब दिँदै आएका छन् ।


फेरी मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरेको राष्ट्र बैंकले पुरानो सीमा हेरफेर गर्ने धेरै आशाबादी छन् । सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ करोड र परिवार÷संस्थागततर्फ १२ करोड रुपैयाँ बनाए पछि धेरैले यसको विरोध गरेका थिए । एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र सेयर धितो कर्जा सीमा कायम भएको थियो ।


आम लगानीकर्ताले यो व्यवस्था परिवर्तन  हुने अपेक्षा गर्दै अर्थमन्त्री जनार्दन शर्माको पनि ध्यानाकर्षण गराएका थिए । तर, नेपाल राष्ट्र बैंक भने शेयर कर्जाको सीमा घटाउने पक्षमा छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीमा परिवर्तन गर्ने मुडमा नरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘राष्ट्र बैंकले शेयर कर्जाको सीमा परिवर्तन गर्दा अध्ययन गरेरनै परिवर्तन गरेको हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘गर्भनर यथावत राख्ने मुडमा हुनुहुन्छ ।’


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय