अमेरिका द्वारा इरानका तीन आणविक ठाँउमा आक्रमण

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरू—फोर्दो, नताञ्ज र इस्फाहानमा अमेरिका द्वारा सफल हवाई आक्रमण गरिएको दावी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेखेका छन्, "हामीले इरानका तीन आणविक ठाँउहरूमा आक्रमण पूरा गरेका छौं। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर आइसकेका छन्।"

उनका अनुसार फोर्दो ठाँउमा ‘सबै बमहरू’ खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किसकेका छन्।

अमेरिकी सेनाको प्रशंसा गर्दै ट्रम्पले लेखे, "हाम्रो महान अमेरिकी सैनिकहरूलाई बधाई। संसारमा यस्तो गर्न सक्ने अर्को सेना छैन। अब शान्तिको समय आएको छ।"

ट्रम्पले यस सफल सैन्य कारबाहीबारे राष्ट्रलाई सम्बोधन गर्ने जानकारी पनि दिएका छन्।

यसैबीच, रॉयटर्स समाचार एजेन्सीका अनुसार अमेरिकी अधिकारीहरूले बताएका छन् कि आक्रमणमा बी–२ स्टेल्थ बमवर्षक विमान प्रयोग गरिएको थियो। यसअघि यी विमानहरू गुआम टापुमा पठाइएको खबर आएको थियो, जसले हमलाको आशंका बढाएको थियो।

प्रतिक्रिया