सीजी नेटले आफ्नो इन्टरनेटको मूल्य आधा घटायो,अरु कम्पनीहरु तनावमा

 काठमाण्डौ । यहि बर्ष देखि इन्टरनेट ब्यवसायमा हाल हालेको सीजी नेटले ग्राहक तान्न आक्रामक मूल्य सूचि सार्वजनिक गरेको छ । केहि समय अघि मासिक एक हजारमा १ सय २० एमवीपीएस नेट दिएको कम्पनीले नयाँ आफर सार्वजनिक गरेको छ। जस अनुसार सुपर सस्तो प्याकेज घोषणा गरेको हो।


कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट स्पिडलाई ६ सय ४९ रुपैयाँ मासिक शुल्कमा दिने भएको हो।यसले विद्यार्थी, साना तथा मझौला व्यापारका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ।

त्यस्तै घरायसी प्रयोगको लागि उपयोगी हुने र कम पैसामा नै ५० एमबीपीएसको इन्टरनेट उपभोक्ताले पाएर उनीहरुको काम पूरा हुने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया