काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी थियो । तर आन्तरिक काम नसकिएको हुँदा शुक्रबार बाँडफाँड हुन सकेन । यस विषयमा हामी लघुवित्त सँग बुझेका थियौं ।
कम्पनीले दिनको जानकारी अनुसार मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले समेत आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको बताएको । तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्ने भन्ने एकिन हुने क्यापिटलले जनाएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख ४८ हजार ३२५ जना आवेदकले २ करोड ९१ लाख ४३ हजार ३ सय कित्ता शेयरको लागि २ अर्ब ९१ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।