गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं–नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरे । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।

गर्भनर पौडेलले नोट छपाई सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यभार सुरु गरे । पदभार ग्रहण गर्दै पौडेलले नियमन भन्दा सुपरीवेक्षणमा ध्यान दिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय