प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

काठमाण्डौ । धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । 

आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो । 


प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । 

प्रतिक्रिया